नरेन्द्र देवकोटा “प्रशान्त” का मन छुने कवीता, मेरो प्यारो झोला

मेरो प्यारो झोला

यो मेरो प्यारो झोला
काँध कतै छोड्दैन
जता जता जान्छु म
साथ कतै छोड्दैन्।

चाहिने कागज बोकिदिन्छ
जाडो गर्मि भन्दैन
ओखती होस् या खानेकुरा 
सुरक्षित बोकि दिन्छ।

एकाबिहानै हिँडे पनि
मिटिङ्ग भेला गएपनि
चाहे हाट बजार होस्
कहिँ कतै छुट्दैन।

खाजा होस् या पेनड्राईभ, साँचो 
चाहिने सबै बोकि दिन्छ
कुमबाट छुट्दान साथि छुटेझैँ लाग्छ।

धेरै बर्ष भयो
यो मेरो झोलासंग
नङ मासुको सम्बन्ध छ
म सँगै जागिरमा नि पुग्छ
म सँगै रमाना र सरुवा हुन्छ।

झोला म सँगै हिड्न खुसि हुन्छ
किनकी झोलाको पनि 
सानमान बढेको छ
दायित्व बढेको छ।

 

कानून, संविधान र नियम बोक्छ
सुशासन र आचार संहिता अनि 
राज्यका उद्देश्य र योजना बोक्छ।

बिहान देखि राति सम्म
होमवर्कमा खटि रहन्छ
मेहिनत बुझ्नु पर्नेले नबुझिदिँदा
कहिलेकाहीँ पीडा पोख्छ मेरो पीडामा।

यो झोला साँच्चिकै साथीजस्तै
मात्रै बनेको छैन
दुःख पिडाको भागी बनेको छ
प्रेमिल साथी बनि मेरो पीडा बुझ्छ।

झोला साउति गर्दै भन्छ,
मलाई जहिले सफा राखिदिनु रे
फोहोर नराख्नु रे
अनि ओज घट्न सक्छ रे।

साच्चै यो झोलाको कुराले 
भावुक बनाएको छ मलाई
जिम्मेवार, निष्ठावान अनि ‍
नैतिकवान हुन सिकाएको छ।

यो झोला प्रेमिका झैँ भएको छ
चाहेर नि छोड्न नसकिने
अड्डा जाँदा होस् या 
मावल ससुराली इष्टमित्रसम्म 
यहि झोला चाहिन्छ।

मानौँ यो झोला मेरो मुटु झैँ भएको छ
यो झोला मेरो साथी अनि 
छोड्न नसकिने प्रेमिका झैँ भएको छ । 
 
नरेन्द्र देवकोटा “प्रशान्त” 
जिल्ला सरकारी वकील कार्यालय, डोटी।

 

प्रतिकृया दिनुहोस

रेडियो डोटीको ‘तिज विशेष हंगामा’ कार्यक्रममा प्रथम भइन सोनिया

भदौ १८ गते, डोटी । हिन्दुनारीहरुको महानचाँड हरीतालिका तिजको अवसरमा रेडियो डोटी एफएमले आयोजना अरेको ‘तिज विशेष हंगामा’ कार्यक्रका विजेतालाई

मदन पुरस्कारले जिम्मेवारीको भारी बोकाएको छ : नवराज लम्साल

डोटी : मदन पुरस्कारको घोषणाले आफूलाई जिम्मेवारीको भारी बोकाएको महसुश भएको लेखक एवं पत्रकार नवराज लम्सालले बताएका छन्। शनिबार बसेको मदन पुरस्कार

उपन्यासकार फुलाराको ‘वासुदा’ सार्वजनिक

काठमाडौं –  युवा उपन्यासकार भीष्मराज फुलाराको कृति ‘वासुदा’ सार्वजनिक भएको छ । साहित्यमार्फत न्याय, समानता र परिवर्तनका लागि विद्यार्थी