डोटीमा सौताको हत्या आरोपमा एक महिला पक्राउ

सौताको हत्या गरेको आरोपमा डोटीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । ४२ वर्षीया दुर्गा घर्तीमगरको हत्या आरोपमा बडीकेदार गाउँपालिका वडा नम्बर २ की ३७ वर्षीया यमुना घर्तीमगर पक्राउ परेकी हुन् ।

बडीकेदार गाउँपालिका–२ कोटकेलाका दलबहादुर घर्तीमगरकी जेठी श्रीमती कोटकेना खोलामा रहेको पानी घट्ट भित्र मृत फेला परेकी थिइन् । उनी यही चैत १२ गते दिउँसो घट्ट जान्छु भनेर घरबाट निस्किएकोमा नफर्किएपछि खोजी गर्दा चैत १३ गते बिहान घट्ट भित्र मृत फेला परेकी थिइन् ।

मृतककी भाइ बुहारी डम्मरी थापामगरले चैत १४ गते मृतकी कान्छी सौता यमुना घर्तीमगरको नाममा कर्तव्य ज्यान सम्बन्धी किटानी जाहेरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यमुनाले ढुङ्गा, काठको आँडो, हँसिया र बन्चरो टाउँकोमा प्रहार गरी दुर्गाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

खप्तडमा रक्तदान कार्यक्रमको आयोजना

डोटीः ऐतिहासिक पर्यटकीय स्थल खप्तडमा शनिवार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ। नेपाल स्वयंसेवी रक्तदाता समाजले पहिलो पटक खप्तडमा रक्तदान

गोली लागेका स्लोभाकियाका प्रधानमन्त्रीको गम्भीर अवस्थामा उपचार हुँदै,

गोली लागेर घाइते भएका स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोको गम्भीर अवस्थामा उपचार भइरहेको छ । स्लोभाक शहर ह्याण्डलोभामा सरकारी बैठक सकेर

संसदमै भिड्ने कांग्रेस-एमालेको तयारी

काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे गरी बोलाइएको छ। त्यस्तै राष्ट्रिय सभाको बैठक एक बजे बस्ने