दिपायल सिलगढी नगरपालिका–२ बालश्रम मुक्त वडा घोषणा

कृष्ण चन्द डोटी   डोटीको दिपायल सिलगढी नगरपालिका वडा न २ आज बालश्रम मुक्त वडा घोषणा भएको छ । बालश्रम मुक्त नगर घोषणा गर्ने लक्ष्यका साथ २०७५ सालदेखि बालश्रम मुक्त अभियान सञ्चालन गरिरहेको नगरपालिकाले आज एक समारोहकाबीच आज (मंगलबार) चौथो बालश्रम मुक्त वडा घोषणा गरेको हो । बालश्रम मुक्त वडा घोषणापूर्ब वडामा विभिन्न किसिमका अभियान सञ्चालन गरिएका थिए।


बालश्रम मुक्त वडा घोषणा गर्दै दिपायल सीलगढी नगरपालीकाका प्रमुख बाजी सिँ खडकाले  बालबालिकालाई श्रममा लगाउनु कानुनी रुपमा दण्डनीय र सामाजिक निन्दनीय भएको बताए । नगरपालिकाभित्र अझै पनि बाल श्रमिकहरु रहेको हुन सक्ने बताउदै खडकाले प्रभावकारी अनुगमन हुनुपर्ने बताए


उनले  बालश्रम मुक्त बनाउने अभियान प्राथमिकताका साथ अघि बढाइएको बताएका छन । बालश्रम मुक्त गर्ने अभियानमा सहयोग गर्ने सबैलाई वडा न २ वडा अध्यक्ष राजेन्द्र खडकाले धन्यवाद दिएका छन । बालश्रम निवारण राष्ट्रिय रणनीतिले तोकेका सूचकहरु पूरा भएपछि वडालाई बालश्रम मुक्त घोषणा गरिएको अध्यक्ष खडकाले जानकारी दिए ।

नेपालको कानुन अनुसार १८ वर्ष मुनीकालाई बालबालिका जनाइए पनि १४ वर्षमुनिका बालबालिकालाई कुनै पनि श्रममा लगाउन नपाईने कानुनी ब्यबस्था रहेको छ  ।

 साथै उक्त कार्यक्रममा वडा भित्र रहेका कर्मचारी, शिक्षक, शिक्षीका, जनप्रतिनिधि,  स्वास्थ्यका कर्मचारी, लगाएतको म्यादी बिमा गरीएको फाईल हस्तान्तरण गरीएको छ । आज भन्दा केहि समय पहिला उनिहरुको म्यादी बिमा गरीएको थियो ।
 

प्रतिकृया दिनुहोस

खप्तडमा रक्तदान कार्यक्रमको आयोजना

डोटीः ऐतिहासिक पर्यटकीय स्थल खप्तडमा शनिवार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ। नेपाल स्वयंसेवी रक्तदाता समाजले पहिलो पटक खप्तडमा रक्तदान

गोली लागेका स्लोभाकियाका प्रधानमन्त्रीको गम्भीर अवस्थामा उपचार हुँदै,

गोली लागेर घाइते भएका स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोको गम्भीर अवस्थामा उपचार भइरहेको छ । स्लोभाक शहर ह्याण्डलोभामा सरकारी बैठक सकेर

संसदमै भिड्ने कांग्रेस-एमालेको तयारी

काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे गरी बोलाइएको छ। त्यस्तै राष्ट्रिय सभाको बैठक एक बजे बस्ने