डोटीबाट तीन हजार बढी बिद्यार्थिले एसइई दिदै
कृष्ण चन्द डोटी - यस वर्ष डोटीबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) तीन हजार दुई सय ९७ जना बिद्यार्थिले दिने भएका छन । १२ परीक्षा केन्द्र रहेको डोटीमा नियमित तर्फ छात्र एक हजार ६ सय १३, छात्रा एक हजार ६ सय ८४ गरेर जम्मा तीन हजार दुई सय ९७ जना बिद्यार्थिले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने शिक्षा बिकास तथा समन्वय डोटीले जनाएको छ ।
यस्तै ग्रेड बृद्धी तर्फ ५८ जना,र प्राबिधिक धारतर्फ जम्मा १४१ बिद्याथिर्ले (एसइईमा सहभागीता जनाउने प्रमुख भट्ले बताए का छन ।
जिल्ला भरी केन्द्राअध्यक्ष २३ जना, शिक्षक १६८ जना, सायक कर्मचारी ३५ जना,सहयोगी ६८ जना गरी जम्मा ४८५ जना कर्मचारी खटाइएका छन । परीक्षा भोलि (विहिबार) बिहानदेखि डोटी जिल्लाका सबै परीक्षा केन्द्रहरुमा एकैसाथ परीक्षा सुरु हुने छ ।
सबै परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष नियुक्ती, सुरक्षा व्यबस्था, जनशक्ति परिचालन, प्रश्नपत्र र उत्तर पुस्तिका पु¥याउनेलगायत काम सकिएको शिक्षा बिकास तथा समन्वय डोटीले जनाएको छ ।
परिक्षार्थीहरुलाई भयरहित वातावरणमा निर्धक्क र शान्तिपूर्ण वातावरणमा परीक्षामा सहभागी हुन शिक्षा विकास तथा समन्वय इकाई डोटीका प्रमुख भट्टले आग्रह गर्नुभएको छ । परिक्षार्थीहरुलाई परीक्षा दिन जाँदा साथमा मोबाइल, डिजिटल क्यालकुलेटर नलगिदिन समेत भट्टले आग्रह गर्नु भएको छ ।
कैलाश सिरोहियाविरुद्ध दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता
मिडिया सञ्चालक कैलाश सिरोहियाविरुद्ध दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको छ । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता
सेती नदीमा नुहाउने क्रममा एक पुरुष बेपत्ता
सेती नदीमा नुहाउने क्रममा सोमबार डोटीमा एक जना पुरुष बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कैलाली जिल्ला धनगढी उपमहानगरपालिका वडा नं. ३ बस्ने अन्दाजी
डोटीमा सौताको हत्या आरोपमा एक महिला पक्राउ
डोटी = सौताको हत्या गरेको आरोपमा डोटीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । ४२ वर्षीया दुर्गा घर्तीमगरको हत्या आरोपमा बडीकेदार गाउँपालिका वडा नम्बर
प्रतिकृया दिनुहोस